You are viewing the translated version of उपकुलपतिको योग्यता.

Section 19
उपकुलपतिको योग्यता
देहायको योग्यता भएको व्यक्ति उपकुलपतिमा नियुक्त हुन योग्य हुनेछः-

(क) मान्यताप्राप्त विश्वविद्यालयबाट . विद्यावारिधि उपाधि प्राप्त गरेको,

(ख) प्राज्ञिक क्षेत्रमा कम्तीमा पन्छ्र वर्षको अनुभव भएको,

(ग) शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापन सम्बन्धी सीप र कोशल प्रदर्शन गरेको,

(घ) पैतिस वर्ष उमेर पूरा भएको, र

(ङ) उच्च नैतिक चरित्र भएको ।